RJ Details


   

रामकुमार शाही

संवाददाता

Date of Birth: JANUARY 12

०६६ सालदेखि रेडियो पत्रकारितामा सक्रिय रामकुमार शाही एक महिनादेखि नेपाल एफएम नेटवर्कमा आवद्ध छन । बुलबुले एफएम सुर्खेतबाट कार्यक्रम उत्पादकका रुपमा पत्रकारिता शुरु गरेका शाहीले रेडियो जाजरकोटमा समाचार प्रमुख र रेडियो हाम्रो पाइला जाजरकोटमा स्टेशन प्रमुखको भूमिका निर्वाह गरिसकेका छन । उनले केही समय सौर्य दैनिक र गोरखापत्र दैनिकको जिल्ला सम्वाददाताको रुपमा काम गरेका थिए । शिक्षाशास्त्रमा स्नातक उनी नागरिक अधिकार, राजनीति, शिक्षा र कला÷साहित्यमा कलम चलाउन रुची राख्छन् । साहित्यमा क्षितिज समर्पणका नामले चिनिने उनका आगोका फूलहरु (एकल) र फैफियत (संयुक्त गजलसंग्रह) प्रकाशित छन् ।