वैकुण्ठ ढकाल
समाचार प्रमुख
Date of Birth: NOVEMBER 15
मकवानपुरको पालुङस्थित सामुदायिक सञ्चार केन्द्रले सञ्चालन गरेको अडियो टावरबाट प्रसारण पत्रकारिता शुरु गरेका वैकुण्ठ ढकाल रेडियो पालुङ एफएम, प्रतिध्वनि एफएम हुँदै ७ वर्षदेखि नेपाल एफएम नेटवर्कमा आवद्ध छन । समाजशास्त्रमा स्नातकोत्तर ढकाल साहित्य र लेखनमा रुची राख्छन । मान्छेको मूल्य (लघुकथा) र समर्पण (उपन्यास) प्रकाशित गरिसकेका ढकाल पत्रपत्रिका र अनलाईनहरुमा समसामयिक, सामजिक बिषय र साहित्यका बिभिन्न बिद्यामा कलम चलाईरहेका छन ।