माघ २ गतेभित्र नतिजा पाउनु हुन्छः सिइयो भूषाल

0
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन भएको तीन बर्षको अबधिमा सोमवार तेस्रो प्रमुख कार्यकारी अधिकृत सिईयो नियुक्त भएका छन । मन्त्रीपरिषदकोको बैठकले गोविन्दराज पोखरेलको राजिनामा स्वीकृत गरी पूर्वसचिब युवराज भुसाललाई बाँकी अबधिको लागि कार्यकारी नियुक्त गरेको हो । भूकम्पपीडितको आँसुमा नेताहरुले राजनीति गरेको आरोप लागिरहेका बेला पोखरेल नै राजनीतिमा उत्रिएर त्यसलाई पुष्टि गरिदिए । पुननिर्माण अलपत्र पारेर हिंडेको भन्दै पोखरेलको आलोचना भइरहेका बेला भूषालका सामु पनि निकै चुनौती छन । नवनियुक्त सिइयोसंग वैकुण्ठ ढकालको कुराकानी :
महत्वपूर्ण जिम्मेवारीमा नियुक्त हुनुभएको छ, पुनर्निर्माणलाई गति दिने तपाँईका योजना के के छन ?
 
हिजो मात्रै पत्र प्राप्त भयो । आजदेखि हाजिर हुन्छु । अब अहिले कुन स्टेजमा कामको गति पुगेको छ । बाहिरबाट हेर्दाखेरी धिमा गतिमा अलि ढिलो ढिलो भए जस्तो लागिराखेको छ मलाई पनि । विभिन्न कारणले होला अब यसलाई तीव्रता दिएर हाम्रा दाजुभाई दिदिवहिनीहरु खुला आकासमुनि अथवा शहरमा झुप्रामा बसिराख्नुभएको उहाँहरुको आँखा पुछ्ने काममा म लाग्ने छु । यसमा सरकारले मलाई नियुक्त गर्यो म आभारी पनि छु । मलाई के लाग्छ भने सरकारले राजनीतिक नेतृत्व परिवर्तनसंगै यस्तो खालको नेतृत्व परिवर्तन गर्न हुँदैन भन्ने हिसावले होला जस्तो लाग्छ यो हामी निजामतीतर्फ काम गरेका ननपोलिटिकल मान्छेलाई नियुक्त गरेको ।
पहिलेका साथीहरु अलिकति राजनीतिक पृष्ठभुमीबाट आउनु भएकाले सरोकारपक्षहरुले पनि हेर्ने दृष्टिकोण फरक थियो होला तर म प्रति हेर्ने दृष्टिकोण त्यस्तो नहोला भन्ने मलाई लाग्छ ।
मैले ३ दशक भन्दा भन्दा बढी नेपाल सरकारको जिल्ला देखि केन्द्रसम्मका जिम्मेवार पदहरुमा बसेर काम गरेँ । फेरी नयाँ नियुक्ति पाएको छु अब तत्काल गर्नुपर्ने काम के हुन सक्छ, मध्यकाल र दिर्घकालका कामहरुमा म आजैदेखि लाग्छु । तत्कालै म यो गर्छु उ गर्छु भनेर आश्वासन बाँड्ने पक्षमा म छैन् । तर माघ २ गतेको भूकम्प दिवससम्म करिव दुई महिना चानचुन रह्यो त्यसबेलासम्म म केहि गरेर देखाउँछु ।
 
तपाँईको कर्मचारी क्षेत्रमा ३७ बर्षे यात्रा छ, तपाँई थाक्नुभयो होला, के अपेक्षा गर्ने  ?
 
म थाकेको छैन् । अहिलेसम्म मैले कुनै औषधि सेवन गरेको छैन । मेरो ब्लडप्रेसर, सुगरसबै ठीक छन् । तीन बर्ष भयो म रिटायर भएको तैपनि म कलेजमा पढाईरहेको छु । अन्य फुटकर कामहरु गरिराथेँ । म अझै २० बर्ष काम गर्न सक्छु भन्ने मलाई लाग्छ । म जनताको नजिक भएर काम गर्न ईच्छुक छु । अब यो महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको छ । मैले नै आफैँ गर्ने भन्दा पनि टिममा काम गर्ने हो । एउटा व्यवस्थापकीय नेतृत्वदायी भुमिका निश्चित गर्छु र संयोजनकारी रुपमा काम गर्नुपर्ने भएकाले सबै सरोकारपक्षहरु राष्ट्रिय अन्र्तराष्ट्रिय स्थानीयहरु सबैलाई समेटेर लैजान्छु । राजनीतिक हिसावले पनि म कसैसंग आवद्ध व्यक्ति होईन । सरकारले व्यवसायिक क्षमतालाई नै पहिचान गरेर मलाई नियुक्त गरेको ठानेको छु । त्यसो भएको हुनाले मलाई केहि समस्या पर्ला जस्तो लाग्दैन जतिजा निकाल्नेगरि काम गर्नेछु ।
तीन बर्षमा चौथो सिइओ नियुक्त हुनुभएको छ । अघिल्ला सिइओहरुले कर्मचारी संयन्त्रले काम गर्न सकेन र पुनर्निर्माण ढिला भयो भनेर भन्थे । समस्या तिनै हुन कि असक्षमता ?
विभिन्न कारणहरु छन् कतिपय कुरा यहाँ भन्न मिल्छ कतिपय मिल्दैन । कर्मचारी संयन्त्रलाई कुन तहको कर्मचारीलाई कहाँ कसरी काम दिनुपर्छ, कस्तो खालको मोटिभेसन उहाँहरुलाई चाहिन्छ भन्ने मलाई थाहा छ । मेरो पृष्ठभूमि हेर्नु भो भने पनि थाहा हुन्छ । मैले काम लगाएका कर्मचारी र मलाई काम लगाएका हाकिमहरु जसले मलाई काम लागाउनुभयो उहाँहरुसंग बुझ्नुभयो भने मेरो क्षमता थाहा हुन्छ । र सबै राजनीतिक दलहरुको पनि विश्वास जितेर समदुरीमा काम गर्नेछु । सफलता पक्कै पनि हासिल हुन्छ भन्ने मलाई लाग्छ ।
पुननिर्माणको गति ढिलै भएको भन्नुभयो, तपाँईको कार्यकालले ढिलाई भएको र ५ बर्षभित्र सबै किसिमका पुननिर्माण गरिसक्ने भनिएको थियो त्यो लक्ष्य हासिल हुन्छ ?
मलाई हुनुपर्छ भन्ने विश्वास छ । मलाई बाँकी अवधि भनेका छन् । बाँकी अवधि भन्या ३ बर्ष चानचुन हो । सबै निमिट्यान्न, जिरो र फरफारक नै गर्छु त म भन्दिन तर अधिकांस कामहरु हामी सम्पन्न गछौँ भन्ने मलाई लाग्छ ।
नियुक्तिको प्रक्रिया राजनीतिक हुनसक्छ । तर व्यक्ति चाँहि म राजनीतिक व्यक्ति नभएको हुनाले व्यवसायिक व्यक्ति हुनाले सरकारले यसरी छनौट गरेको छ भन्ने मलाई लागेको छ ।
अबको तीन बर्षको बीचमा छानो पाउँछन् भूकम्प प्रभावितहरुले भनेर ढुक्क भए भयो ।
भुकम्पप्रभावितहरुलाई राहत पक्का मिल्छ भनेर ढुक्क भए हुन्छ । कानुनी, प्रक्रियागत वा व्यवहारिक समस्या रहेछन् भने फुकाउने प्रयास गर्छु । र त्यस किसिमको वातावरण बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ ।
प्रधानमन्त्रीले नै नेतृत्व गर्ने संस्थामा पनि यत्ति ढिलो हुने, नितिगत निर्णयमा समस्या हुने भनेपछि त अन्यत्रको अवस्था कहाली लाग्दो रै’छ हैन ?
 
प्रधानमन्त्री नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । तर काम गर्ने त तलको संयन्त्रले हो । त्यो संयन्त्रको नेतृत्व तलबाट हुने भएकाले प्रधानमन्त्रीको निर्देशनमा रहेर समन्वयमा रहेर, राजनीतिक दलका सरोकारपक्षहरु पनि हुनुहुन्छ म उहाँहरु सबैलाई साथमा लिएर काम गर्छु भन्ने पुर्णविश्वास छ ।
राजनीतिक नियुक्ति हो तपाँईले म गैरराजनीतिक व्यक्ति हो भनेर भनिरहँदा चुनावबाट आउने नयाँ सरकारले पनि निरन्तरता दिन्छ भन्ने विश्वास भएर सहमत हुनु भएको हो जिम्मेवारी लिन ?
नियुक्तिको प्रक्रिया राजनीतिक हुनसक्छ । तर व्यक्ति चाँही म राजनीतिक नभएको हुनाले व्यवसायिक व्यक्ति हुनाले सरकारले यसरी छनौट गरेको छ भन्ने मलाई लागेको छ । त्यो आधारमा मैले आफ्नो व्यावसायिक क्षेमतलाई प्रयोग गरेर हाम्रा भुकम्पबाट ग्रसित दाजुभाईदिदिबहिनिहरुको आँशु पुछ्ने काममा मलाई पुरा सहयोग हुन्छ र गर्न सक्छु भन्नेमा विश्वस्थ छु ।
यसअघिका सिइओहरुले पनि मिठो बोल्थे र शब्दले खुसी बनाएथे तर व्यवहारमा त्यो देखिएन, तपाँईलाई कसरी पत्याउने ?
अहिले नै पत्याउनुस नपत्याउनुस त्यो तपाँईले हो, पछि त्यो नतिजा हेरेर गर्नुहोला । पहिलेका साथीहरु अलिकति राजनीतिक पृष्ठभूमिबाट आउनुभएकाले सरोकारपक्षहरुले पनि हेर्ने दृष्टिकोण फरक थियो होला तर म प्रति हेर्ने दृष्टिकोण त्यस्तो नहोला भन्ने मलाई लाग्छ ।
Share.

About Author

Leave A Reply