२१४ तहको अन्तिम परिणाम सार्वजनिक, एमाले ९६ स्थानसहित पहिलो

0

असार १८, काठमाडौं ।

असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा भएको निर्वाचनको २१४ स्थानीय तहको परिणाम प्राप्त भएको छ ।
नेकपा एमाले ९६ स्थानीय तह जितेर पहिलो स्थानमा यथावत छ ।

नेपाली कांग्रेसले ८४ स्थानीय तह जितेर एमालेलाई पछ्याइरहेको छ । नेकपा माओवादी केन्द्रले २९ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेको छ ।

चौथो स्थानमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले दुई÷दुई स्थानीय तह जितेका छन् भने फोरम लोकतान्त्रिकले एक स्थानीय तह जितेको छ ।

प्रदेश नम्बर १ का तेह्रथुम, धनकुटा, संखुवासभाको मतगणना सम्पन्न भएको छ ।

प्रदेश नम्बर ५ का रोल्पा र रुकुमको मतगणना सकिएको छ भने प्रदेश नम्बर ७ का अधिकांश पहाडी जिल्लाको गणना सकिएको छ ।
डोटी, बझाङ, डडेलधुरा, बैतडीका सबै स्थानीय तहको गणना सकिएको छ ।

दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेले धनकुटा र नेकपा माओवादीले रुकुमका सबै स्थानीय तह जितेको छ ।

मतगणना चलिरहेका एक महानगर र सात उपमहानगरमध्ये एमालेले ५ उपमहानगरमा अग्रता लिएको छ ।

कांग्रेसले एक महानगर र एक उपमहानगरमा अग्रता कायम गरेको छ भने राप्रपाले एक उपमहानगरमा अग्रता लिएको छ ।

निर्वाचन आयोगले भने आइतबार साँझसम्म २०३ स्थानीय तहको मात्रै अन्तिम परिणाम प्राप्त भएको जनाएको छ ।

Share.

About Author

Leave A Reply