१२८ तहको नतिजा सार्वजनिक, एमाले कांग्रेससंग अग्रता वढाउँदै

0

असार १७, काठमाडौं ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले नेपाली कांग्रेससंगको अग्रता वढाएको छ ।

 

शनिबार राति ८ बजेसम्म १२८ स्थानको मतपरिणाम सार्वजनिक हुँदा एमालेले ६१ स्थानीय तहमा विजय हासिल गरेको छ ।

 

त्यसैगरी, कांग्रेसले ४२ स्थानीय तहमा विजय हासिल गरेको छ । नेकपा माओवादी केन्द्र २२ स्थानीय तहमा विजयी भएको छ ।

 

यस्तै, राष्ट्रिय जनमोर्चाले दुई र संघीय समाजवादी फोरमले एक स्थानीय तहमा जित दर्ता गरेको छ ।
पेटिकामा रहेको सवै गणना हुने
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको आयोगको बैठकले यस्तो निर्देशन दिएको हो ।
मतगणनाका क्रममा कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको सङ्ख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको सङ्ख्यामा फरक परेका घटना देखिएपछि आयोगले यस्तो निर्णय गरेको हो ।
मतपेटिकामा देखिएको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर गणना गर्न सबै निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

Share.

About Author

Leave A Reply