सवै इन्धनको भाऊ घट्यो

0

असार १९, काठमाडौं ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्य घटाएको हो ।

यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँले घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ९८ रुपैयाँ, डिजल र मट्टीतेल प्रतिलिटर ७४ रुपैयाँ, खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ३ सय ५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर ८२ रुपैयाँ कायम भएको छ ।

निगमलाई अझै मासिक ४० करोड रुपैयाँ नाफा रहने जनाइएको छ ।

यसअघि प्रतिलिटर पेट्रोल एक सय रुपैयाँ, डिजेल÷मटितेल ७६, हवाई इन्धन आन्तरिकतर्फ ८६ र अन्तराष्ट्रियतर्फ ७७ रुपैयाँमा बिक्री हुने गरेको थियो ।

खाना पकाउने ग्यास एक हजार तीन सय ७५ रुपैयाँमा विक्रि हुँदै आएको थियो ।

Share.

About Author

Leave A Reply