साउन ८, काठमाडौं ।
व्यवस्थापिका संसद बैठक बस्दैछ ।
संसद भवन नयाँ बानेश्वरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधि सभा निर्वाचन बिधेयक र प्रदेश सभा निर्वाचन बिधेयकको सैद्धान्तिक छलफल शुरु हुँदैछ ।
विधेयकमाथिको सैद्धान्तिक छलफल सकेर आइतबारै संशोधनका लागि सयम दिइने संसद सचिवालयका प्रवक्ता भरतरात गौतमले जानकारी दिए ।
प्रदेश सभा र प्रतिनिधिसभा सम्वन्धि बिधेयक गएको बिहीबारको संसद बैठकमा छलफलका लागि प्रस्तुत गरिएको हो ।
निर्वाचन आयोगले असार मसान्तभित्रै प्रदेश सभा र प्रतिनिधि सभा सम्वन्धि कानुनहरु ल्याउन दबाब दिए पनि अहिलेसम्म कानुन निमार्णकै प्रक्रियामा छन् ।
कानुन निमार्णमा भएको ढिलाईले बाँकी दुई तहको निर्वाचन प्रभावित हुन सक्ने आयोगले चेतावनीसमेत दिएको छ ।