संविधान संशोधनमा सघाउन एमालेलाई कांग्रेस -माओवादीको आग्रह

0

असार २७, काठमाडौं ।

संविधान संशोधन र बाँकी निर्वाचनका बिषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बस्ने बैठकमा संबिधान संशोधनमा सहयोग गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले प्रमुख प्रतिपक्षि नेकपा एमालेलाई आग्रह गर्नेछन ।

सत्तारुढ दलले राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी गराउन संविधान संशोधन गर्नु पर्ने बाध्यता सुनाउनेछन ।

व्यबस्थापिका संसदमा बिचाराधिन संशोधन विधेयक पारित हुनै नसक्ने अडानमा रहेको एमालेले त्यसमा असहमति राख्ने देखिएको छ ।
एमालेको हिजो बसेको स्थायी समिति बैठकले संबिधान संशोधन राष्ट्र हितमा नभएको भन्दै जसरी पनि असफल बनाउनु पर्ने स्पष्ट गरिसकेको छ ।

संविधान संशोधनपछि पनि राजपाले अन्य नयाँ माग राखेर राजनीतिक गतिरोध कायम राखिरहने शंका एमालेले गर्दै आएको छ ।
केहि दिन अघि कांग्रेस र माओबादीले राजापासंग यही महिना भित्र संविधान संशोेधन गर्ने समझदारी गरेका छन ।
त्यसको एमालेले बिरोध गरिरहेको छ ।

सत्तारुढ दलले स्थानीय तह निर्वाचन सम्पन्न भइसकेपछि मात्रै संविधान संशोधन गर्ने सहमति उल्लंघन गरेर छलफल अघि बढाएको भन्दै आपत्ति जनाएको छ ।

संबिधान संशोधनका लागि दुई तिहाई पु¥याउन साना दललाई आकर्षक मन्त्रालय दिने कांग्रेस माओबादीको तयारी छ ।
तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेलाई बाहिर राखेर गरिने संशोधन अस्वीकार गर्ने बताई सकेकाले सरकारलाई दुई तिहाई पु¥याउन कठिन छ ।

संविधान संशोधन नभई मन्त्रीपरिषद विस्तार, निर्वाचनसंग सम्वन्धि आयोग र ऐनहरु समेत अघि नबढाउने योजना बनाएकाले सरकार संविधान कार्यान्वनमा इमान्दार नभएको भन्दै आलोचना हुन थालिसकेको छ ।

 

Share.

About Author

Leave A Reply