संविधान संशोधनबाहेक राजपाका माग पूरा गर्ने सरकारको प्रतिवद्धता

0

साउन ४, काठमाडौं ।

सरकारले संविधान संशोधन बाहेक राजपाका अन्य माग तीन दिन भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रमुख सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले शहीद घोषणा, घाइतेको उपचार र थुनामा रहेका राजपा कार्यकर्ताको रिहाइको माग तीन दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकमा माग पूरा गर्र्नेे सहमति भएको हो ।

बैठकपछि कांग्रेस महामन्त्री शशांक कोइरालाले मधेश आन्दोलनका घाइतेको मुद्दा फिर्ता, शहीद घोषणा लगायतका माग पुरा गर्ने सहमति भएको जानकारी दिए ।

मन्त्रिपरिषद्ले गर्नुपर्ने माग पूरा भएपछि संविधान संशोधन र चुनावबारे छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजपाका माग पूरा गर्न सरकारले गर्नुपर्ने काम छिट्टै टुंगाउनेबारे छलफल भएको बताए ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सरकारले यसअघि गरेका प्रतिबद्धता नै पूरा नगरेको आरोप लगाए ।

Share.

About Author

Leave A Reply