साउन ४, काठमाडौं ।
संविधान संशोधन, तेस्रो चरणको स्थानीय तह निर्वाचन र मन्त्रीपरिषद विस्तारका बिषयमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालको वैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बस्ने बैठकमा संविधान संशोधन विधेयकलाई मतदानमा लैजाने/नलैजानेबारे टुङ्गो लगाउने प्रयास हुनेछ ।
सरकार पछिल्लो समय संशोधनमा दुई तिहाई नपुग्ने भन्दै मतदानमा नलैजाने योजनामा रहँदा राजपा पारित हुने गरी नै अघि बढ्नु पर्ने पक्षमा उभिएको छ ।
उसले संविधान संशोधन नभई निर्वाचनमा सहभागी नहुने अडान पनि कायमै राखेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा जिताउन मतदान गरेको राजपा नेपालले समर्थन फिर्ता र आन्दोलनको चेतावनी दिँदै आएको छ ।
सरकारविरुद्धको आन्दोलन स्थगित मात्रै गरेको दावी गर्दै आएको राजपा तत्काल सरकारमा सहभागी हुने सम्भावना कम छ ।
कांग्रेस र माओबादीले मन्त्रालयको भागबण्डा टुङ्गयाए पनि राजापासंगको छलफल पछि मात्रै सरकार बिस्तार गर्ने भएको छ ।
यसअघि प्रधानमन्त्री देउवाले संविधान संशोधन नभई सरकार समेत विस्तार नहुने बताउँदै आउनु भएको थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथबिना संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुग्ने सम्भावना कम छ ।
एमाले वाँकी सवै निर्वाचन पछि मात्रै संविधान संशोधनमा जान सकिने अडानमा छ ।