शहीद दिवसको कर्मकाण्ड र मर्म

0

वैकुण्ठ ढकाल ।
शहीद दिवसको दिन विहानै यी पंक्तिहरु लेख्न शुरु गर्दा मनका अनेक तर्क वितर्क खेल्छन । सरकारको नेतृत्व गर्नेहरुको अनुहार झलझल्ती आउँछ । शहीद सिफारिस गर्ने जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रालयका अधिकारीहरु पनि आँखै अगाडि आउँछन ।

अहिले सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरिरहेका छन । देउवा प्रधानमन्त्री मात्रै हैन, गृहमन्त्री पनि हुन । त्यही भएर मन्त्रीपरिषदका पछिल्ला वैठकहरुले फटाफट शहीद घोषणा गरिरहेको छ । देउवाले आफ्ने हात जगन्नाथ गरेकै हुन, शहीदको मामलाचाहिं किन कन्जुस्याँई गर्नु । शेरबहादुरको थर नै देउ बा छ । निरन्तर शहीदको सूची दिइरहेका छन । अरु पनि छ, देउवाले दिएका ।

सरकारले माघ ३ गते १ सय ९० जना नयाँ शहिदको घोषणा ग¥यो । यो क्रम मन्त्रीपरिषदको सोमबार साँझ (माघ १५) का दिन पनि निरन्तरता दियो । सरकारलाई नै सोध्नुहोस् शहीद संख्या, अहँ भन्न सक्दैन । सक्तैसक्तैन ।

शहीद दिबसको दिन विहानै आज पनि एकपटक फेरी नेपाली बृहद शब्दकोष पल्ट्याएँ । शब्दकोषमा लेखिएको छ– आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति शहीद हुन् ।

धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री यिनै परिभाषाभित्र अटाउने शहीदहरु हुन् ।

जनआन्दोलनको बेला सरकारी दमनमा मारिएका शहीदहरु पनि यही परिभाषामा अट्ने अमर व्यक्तिहरु हुन् ।

तर सरकार पछिल्ला निर्णयहरुले जो कोहीलाई दिग्भ्रमित पारिदिएको छ । आफूले पढेको ठीक कि सरकारले गठन गरेको ठीक छुट्याउन कठिन छ । आर्दश राज्य र सरकारको कल्पना गर्नेहरु त राज्यले गलत गर्दैन भन्ने सोच्दछन ।

साँच्चै शहीद को हुन् त ? अनेक तर्क हुन सक्छन । लामो बहस हुन सक्छन । भईरहेका छन । तर साझा मत बन्न नसक्दा बिबाद निरन्तर रहने नै भयो । एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेला शहीदको मापदण्ड निर्धारण गर्न गठित कार्यदलका संयोजक मोदनाथ प्रश्रितले जनता र समाजको लागि सार्वजनिक हितका पक्षमा काम गर्दा सत्तापक्षबाट मारिएकालाई शहीदको सूचीमा राख्नुपर्ने सिफारिस गरेको जाकारी दिए । तर त्यो कार्यदलले बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन ।

गणतन्त्र स्थापना भैसकेपछि राष्ट्र र जनताको लागि योगदान भन्दा पनि १० लाख रुपैंया पाउन शहीद घोषणा गर्ने होडबाजी भयो । शहीदको सूचीमा परेपछि क्षतिपूर्ति र राहत पाइने भएकाले निजामती शहीद, धार्मिक शहीद, विद्यार्थी शहीद लगायतका नाममा पनि शहीद घोषणा गरियो । विरोध, दबाब र राजनीतिक स्वार्थका कारण जसलाई पनि शहीदको सूचीमा राख्ने प्रवृत्तिले देशको लागि साँच्चै बलिदानी गर्नेहरुको अबमूल्यन हुँदै गयो, त्यो श्रृखंला अझै जारी रहने देखिन्छ ।

माघ लाग्यो, शहीदलाई सम्झने मेलो गरिन्छ । माघ १० देखि त शहीद सप्ताह सुरु भएपछि सरकारको तर्फबाट औपचारिक रुपले गर्ने काम सुरु हुन्छन । भाषण, माल्यापर्ण, सार्वजनिक समारोह आदि–इत्यादि । देशमा लामो समय देखि रहँदै आएको राजनीति अस्थिरताले सबै क्षेत्रमा देश र देशबासी सबै पछि पर्दै गएको छ । यसले अनेक विकार र विकृति जन्माएका छन् । नेता र दलहरु बढी आफू केन्द्रित हुन पुगेका छन् । असुरक्षित रहनुका कारणले देशका निम्ति केही राम्रो काम गर्नेमा भन्दा उनीहरुको धेरै समय, प्रयत्न र ध्यान आफुलाइ सुरक्षित तुल्याउने काममा गएको छ ।

देशका निम्ति ज्यान दिने शहीदहरुका निम्ति, उनीहरुको सपनाका निम्ति र बलिदानको सम्मानमा गरिनु पर्ने काम पनि अरु धेरै कुरामा जस्तै अस्त ब्यस्त रहँदै आएको छ ।

देशका निम्ति, परिवर्तनका निम्ति, देशबासीको निम्ति आफ्नो ज्यानै अर्पण गर्ने भावना मानिसमा कहाँबाट आउँछ ? त्यसको मूल कहाँ हो ? शहीद हुनबाट बाँचेर राजनीतिमा लागेको एउटा ब्यक्ति दलमा लागेर, नेता, ठूलो नेता, मन्त्री प्रधानमन्त्री भएपछि किन यति धेरै फेरिन्छन् ? किन यति धेरै आफू केन्द्रित, सुविधा भोगी, लालची र भ्रष्टाचारीसम्म बन्न पुग्छन् ?
नेपालमा यसबेला दलका सबैभन्दा ठुला नेताहरुको अघिल्लो पंक्तिले आफ्ना सहकर्मीहरु शहीद भएको पिडा भोगेका छन् । कुनै न कुनै समय देशका निम्ति भनेर हतियार उठाएका छन वा उठाउने कोशिश गरेका छन् । अपवादलाई छाडेर आफु स्वयम्को जीवनलाई जोखिममा हालेका छन् ।

तर यसबेला हामी देख्छौं । न शहीदहरुको सम्मान र समर्पणका निम्ति देशको शीर झुकेको छ न नेपाली समाज शहीदहरु प्रति अनुग्रहित देखिन्छ । न बाँचेर प्रमुख बन्न पुगेका नेताहरुले आफ्नो सम्मान, आदार र आदर्श बचाइ राख्न सकेका छन् । यो एउटा दुःखपुर्ण र पीडा दिने खालको अवस्था हो ।

शहीद प्रतिको सम्मान र देशप्रति समर्पणको, देशभक्तिको भावना विना संसारको कुनै देश अघि बढेको देखिन्न । हामी पनि, नेपाल पनि अघि बढ्न नसक्ने निश्चित छ ।

हुँदैन बिहान् मिर्मिरेमा तारा झरेर नगय
बन्दैन मुलुक दुई चार सपुत मरेर नगय
हामीले खाने प्रतेक गासमा छ रगत शहीदको
हामीले फेर्ने प्रतेक सासमा छ रगत शहीदको ।

कवि भूपी शेरचनको यो कविताबाट पनि अनुमान गर्न सकिन्छ, शहीद भनेको को हुन् । शहीदको सुचीमा कसलाइ राख्ने ? सबैलाई शहीद घोषणा गरिदैन भन्ने बुझ्न जरुरी छ । विशेषगरी राज्यसत्तामा बस्नेहरूले यसलाई राम्रोसँग बुझ्नु जरुरी छ ।
शासन व्यवस्था परिवर्तनका लागि ज्यानको बाजी लगाउनेदेखि सामान्य विवादमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा ग

र्न माग गर्दै ठूलै आन्दोलन हुन्छ । अनि सरकारमा बस्नेहरू सत्ता जोगाउनका लागि भए पनि अध्ययन नै नगरिकन भन्छन्, हुन्छ । जसरी, पहिले सहिद शब्दमा “श” लेखिन्थ्यो तर अहिले “श” दुब्लाएजस्तै शहीदको मूल्य पनि घटेको छ । हुन त यो लेखिने क्रम उल्ट्याउने निर्णय भएको छ । यो अन्यौल हट्न अझै केहि बर्ष लाग्नेछ ।
नेपाली समाजमा चलन नै भइसक्यो, सामान्य दुर्घटनामा मृत्यु हुँदासमेत शहीद घोषणा गर्नुप¥यो भनेर आन्दोलन हुने । अनि सरकार पनि त्यसमा सहमत हुन्छ । सरकारलाई आन्दोलनकारीले झुकाएरै छाड्छन् । सरकार कानुन कार्यान्वयन गर्नभन्दा पनि तत्काल जे आइपर्छ त्यो गर्नुपर्छ भन्नेमा लागेको छ, केहि वर्षयता । अहिले त झन संबिधान नै कार्यान्वन गर्नु पर्ने समयमा दलहरु के के मा अलमल्लिरहेछन सबैले देखेकै छन ।

हुन पनि विचरा सरकारले के गरोस् माग पूरा नगरेसम्म चक्काजाम, हड्ताल गरेर देश नै ठप्प पार्छन् । राजनीतिक दलहरूको असहमतिले शहीद घोषणा र सम्मानमा पनि असर पर्ने गरेको छ । माओवादी सरकारमा हुँदा नामगाम नै नखुलेका मृतकका कार्यकर्तालाई शहीद घोषणा गरेको भनेर बिरोध पनि भएको थियो ।

माओवादीले एकपक्षीय आफ्ना कार्यकर्तालाई शहीद घोषणा गरेपछि एमालेले पनि प्रचण्ड थैवलाई शहीद घोषणा ग¥यो भन्नेहरू पनि नेपाली राजनीतिमा प्रशस्तै छन् । प्रचण्ड थैव शहीद भएपछि काङ्ग्रेसले पनि रहस्यमय दुर्घटनामा मृत्यु भएका आफ्ना सभासद् बोधनारायण सरदारलाई शहीद घोषणा गर्न माग ग¥यो ।

सरकारमा बसेर सरकारलाई नै ढाल्नेगरी आन्दोलन गरिसकेपछि के गर्ने त भनेर सबै मान्छेहरू सोच्न बाध्य थिए । त्यसैकारण शहीद घोषणाकै कारणले गर्दाखेरी अन्य मान्छेहरूले पनि यसरी शहीद घोषणा गर्दै गएका भन्ने पनि नेपाली समाजमा सुन्न थालिएको छ ।

अहिलेसम्मको सूचीमा माओवादी जनयुद्धका शहीद माओवादीको अनुमानमा १० हजार छन् । जनआन्दोलन २०६२÷६३ मा २५ जना शहीद भए । २०६४ को मधेस आन्दोलनमा ५४ र २०७२ मा ५५ जना शहीद भए ।

शहीदको अर्थ गरिमा र महत्ताको त्यतिवेलादेखि अवमूल्यन हुन थालेको हो, जतिवेला देशका चार अमर शहीदको स्थानमा पाँच शहीद बनाइयो । प्रजातन्त्रको स्थापनामा जीवन बलिदान दिने चार अमर शहीद शुक्रराज, गंगालाल, दशरथचन्द र धर्मभक्तको शिरमा महेन्द्रले आफ्ना बुबालाई लगेर राखे । शहीदको अर्थ र गरिमालाई हेर्दा त्रिभुवन शहीद होइनन । उनी कालगतिले मरेका हुन । फेरि उनले देशलाई शहीद हुने स्तरको गुन लगाएका पनि छैनन । तर अहिलेसम्म त्रिभुबन, शहीदका नाइके भएर शहीद गेटमै बस्न पाईरहेका छन । ढिलै भए पनि बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवनलाई त्यहाँबाट हटाएर अन्तै ठेगान लगाउने निर्णय ग¥यो तर सर्बोच्च अदालतले त्यसलाई रोकिदियो । मर्ने र मार्ने एकै ठाउँमा रहनु, त्यसमा पनि बलिदान गर्नेमाथि कुनै योगदान नगर्नेको शालिक रहनु कत्तिको न्यायोचित होला ? एक पटक गहिरिएर सोच्ने हो कि ?

शहीद हुनेहरु पनि कोही कसैलाई नेतृत्वमा पु¥याउनका लागि मात्रै शहीद भएका होइन होलान । देशमा प्रजातन्त्र स्थापनापछि प्रधानमन्त्री भएकाहरुले शहीदहरुको सपना पूरा गर्ने बाचा गरिरहेका छन । सबैभन्दा बढि शहीदको रगतको होली खेलेर सरकारको नेतृत्व गरेको एकिकृत माओबादीले १३ हजार शहीदको सपना पूरा गर्ने प्रतिबद्धता जनायो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईले सरकारको स्वाद चाखे । दोस्रो पटक दाहाल प्रधानमन्त्रीको कुर्सीमा आसिन छन, अब हेरौं के गर्छन ?

सरकारमा पुग्नु भन्दा अघि माओबादी नेताहरुले शहीद, शहीदका परिवार, बेपत्ता परिवारका नाममा के के प्रतिज्ञा गरे के के पूरा गरे त्यो त लोकले देखेका छन, भोगेका छन । उनीहरुले आफ्ना आसेपासेका लागि हुनसम्मको गरे तर शहीद र बेपत्ता परिवारका लागि केहि गरेनन । यो सबैले भनेका छन । माओबादीले भनेको जनयुद्ध लड्ने सडकछाप भएका छन, जनयुद्धमा सर्बसाधरणका छोराछोरीलाई लडाएर आफ्ना छोराछोरीलाई विदेशका सुरक्षित राख्नेहरुले के गरे भन्ने प्रश्न गर्नु पनि मूर्खता नै होला ?

शहीदले दलका लागि लडेका थिएनन पक्कै, तर दलका नेतृत्वले पार्टी झण्डाले छोपिदिए शहीदलाई । यसले पनि शहीदको मुहार देखिएन, झण्डाले छोपिएका शहीदलाई सबैले चिनेन अनि सम्झेनन पनि । जसले जसले झण्डा ओढाए उनीहरुले पनि झण्डाको बिल मात्रै सम्झिए, पार्टी कार्यालयमा बिल बुझाए, खल्ती भरे अनि त्यसपछि शहीदको काम नै आएन । अब माघ १६ मा फेरी एक पटक शहीद सम्झनेछन, तुल ब्यानरको बिल बनाउने छन, खल्ती भर्नेछन अनि अघिल्लो बर्ष जस्तै एक बर्षको लागि बिर्सनेछन । पछिल्ला समयमा शहीद सप्ताह र शहीद दिवसको श्रृंखला यसरी नै चलिरहेको छ । यो क्रम यसरी नै चलिरहनेछ ।

bd.palung@gmail.com

Share.

About Author

Leave A Reply