राजपा निर्वाचनमा सहभागी हुने निश्चित भए मात्रै संशोधन अघि बढ्ने

0

असार २७, काठमाडौं ।
सत्तारुढ दलहरुले राष्ट्रिय जनता पार्टी राजपालाई तेस्रो चरणको स्थानीय चुनावमा भाग लिने विश्वासिलो आधार दिन शर्त राखेको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी र राजपाका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरु संविधान संशोधन विधेयक अघि बढाउन आफूहरु तयार रहेको तर राजपाले त्यसलाई स्वीकार्ने कि नस्विकार्ने भन्ने नै मुख्य बिषय भएको बताए ।

राजपाका नेताहरुले भने संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लगाइएको मुद्धा फिर्ता, २ नम्वर प्रदेशमा स्थानीय तहको संख्या थप गर्नुपर्ने अन्यथा चुनावी वातावरण नबन्ने बताए ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार बिहान प्रमुख प्रतिपक्षी दलसंग भएको छलफलबारे अवगत गराएका थिए ।

एमालेले के भन्छ भन्ने आफूहरुको सरोकार नभएको राजपाको प्रतिक्रिया छ ।

Share.

About Author

Leave A Reply