योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४ पारित

0

साउन ९, काठमाडौं ।

व्यवस्थापिका संसदले ‘योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४’ पारित गरेको छ ।

संसद भवन नयाँ वानेश्वरमा सोमबार बसेको बैठकमा श्रम तथा रोजगारमन्त्री फरफुल्लाह मन्सुरले प्रस्तुत गरेको विधेयक बहुमतले पारित पारेको हो ।

यसैगरी, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट श्रममन्त्री मन्सुरले नै ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धि विधेयक’ प्रस्तुत गरे ।

कृषि तथा जलस्रोत समितिका सभापति मोहनप्रसाद बरालले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक फिर्ता गर्ने सम्बन्धि समितिको प्रतिवेदन २०७४’ पनि पेश गरे ।

संसद बैठक साउन १५ गते दिउँसो १ बजे सम्मका लागि स्थगित भएको छ ।

परिचय पत्रमा आमाको नाम उल्लेख छ–गृहमन्त्री शर्मा

गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम छुटाएको भन्ने बिषय गलत र भ्रामक भएको बताएका छन ।

संसद बैठकमा समय मागेर गृहमन्त्री शर्माले राष्ट्रिय परिचय पत्रको ढाँचासहितको विज्ञप्ती आइतबार नै गृह मन्त्रालयले निकालेको जानकारी दिए ।

मन्त्री शर्माले भ्रामक समाचार सम्प्रेषण नगर्न र त्यसको पछि नलाग्न पनि सम्बद्ध पक्षलाई आग्रह गरे ।

महिलाविरुद्ध वारम्वार हिंसाको घटना दोहोरिनुले कानुन बनाएर मात्र पर्याप्त हुँदो रहेनछ भन्ने कुराको पुष्टि भएको भन्दै उनले पितृसत्तात्मक सोचको अन्त्य र प्रचलित कानूनको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनस्र्थापन कार्यमा सरकारले सक्दो प्रयास जारी राखेको जानकारी दिए ।

Share.

About Author

Leave A Reply