यू १९ विश्वकप क्रिकेट छनोटको अभ्यास खेल स्थगित

0

छनोटको तयारीका लागि भारतमा अभ्यासरत नेपाली यू १९ टोलीले आज खेल्ने भनिएको अभ्यास खेल स्थगित भएको छ ।
दिल्ली वान्डर्ससँग हिजो हुने भनिएको अभ्यास खेल आजलाई सारिए पनि बर्षाको कारण हुन सक्ने अवस्था नभएको नेपाली टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जनाएका छन् ।
गएको हप्ता भारत गएको नेपाली युवा टोलीले नोइडा क्रिकेट स्टेडियममा प्रशिक्षण गरिरहेको छ ।
विनोद दास र कलाम अलीको प्रशिक्षणमा १८ सदस्यीय नेपाली क्रिकेट टोली भारतमा छन् ।
आउँदो जुलाईमा सिंगापुरमा हुने एसियाली स्तरको छनोटमा नेपालसँगै अफगानिस्तान, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन ।
छनोटको विजेताले अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू १९ विश्वकप खेल्न पाउनेछ ।

Share.

About Author

Leave A Reply