यू–१९ क्रिकेटमा नेपालको विजयी शुरुवात

0

साउन, २ काठमाण्डौं ।
आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले आइसीसी यू–१९ विश्वकपको एसियन छनोटमा विजयी सुरुवात गरेको छ ।
सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले ७४ रनको सामान्य लक्ष्य १७ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि प्रनित थापामगरले २३ र अनिलकुमार शाहले १९ रन बनाए ।
त्यसअघि कप्तान सन्दीप लामिछानेले ५ विकेट झारेपछि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुर ७३ रनमै अलआउट भएको थियो ।
टस जितेर फिल्डिङ गर्ने कप्तान सन्दीपको निर्णयलाई उनै सन्दीप नेतृत्वको बलिङ युनिटले सही सावित गरिदियो ।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली २९ ओभरमै ७३ रनमा अलआउट भयो । २९ ओभरमध्ये नेपालले ८ ओभर मेडन फालेको थियो ।
सिंगापुरलाई अलआउट गर्न नेपालका लागि ८ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै २१ रन खर्चेर ८ विकेट लिए । यस्तै शहाब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए । शहाबले ६ ओभर बलिङ गर्दै १ मेडन राखेर १२ रन खर्चिए । यस्तै ६ ओभर बलिङ गर्दै ३ मेडन राखेका किशोरले ३५ रन खर्चेर २ विकेट लिए ।
सिंगापुरका लागि ब्रिगु आएरले सर्वाधिक ४२ तथा सिएन अग्रवालले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । सिंगापुरका लागि अर्यमन सुनिलले २ तथा रोहन रंगाराजन, आहन गोपीनाथ र अन्स भर्गभले १र१ विकेट लिए ।
छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित अफगानिस्तान र मलेसियाको सहभागिता छ । डबल राउण्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष न्यूजिल्याण्ड हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।
आजै बिहान भएको अर्को खेलमा अफगानिस्तानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियालाई ५३ रनमा अलआउट गर्दै अफगानिस्तानले ५ दशमलव ४ ओभरमा लक्ष्य पूरा गर्दै जित हात पारेको हो ।

Share.

About Author

Leave A Reply