यू १९ क्रिकेटमा नेपालको धारिलो वलिङ

0

साउन २, काठमाडौं ।

आईसीसी यू–१९ विश्वकपको एसियाली छनोट प्रतियोगितामा सिंगापुरले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।

सिंगापुर क्रिकेट क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर २९ ओभरमा ७३ रनमा अलआउट भयो ।

सिंगापुरलाई कम योगफलमा रोक्न नेपालका कप्तान सन्दिप लामिछानेले ५ विकेट लिए । आठ ओभर बलिङ गरेका लामिछानेले २१ रन खर्चदा २ मेडन राखे ।

साहब आलमले ३ र किशोर मेहताले २ विकेट लिए ।

सिंगापुरका लागि ब्रिगु एरले सर्वाधिक ४८ र सेन अग्रवालले ११ रन जोडनुबाहेक अरुले सम्झन लायक प्रर्दशन गरेनन् ।

नेपाल र सिंगापुरसँगै अफगानिस्तान र मलेसिया सम्मिलित प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छानिने छन् ।

डबल राउन्ड रोबिनमा हुने खेलमा नेपालले पर्सि मलेसियासँग खेल्नेछ । ४ गते आराम गरेर नेपालले ५ गते अफगानिस्तानसँग खेल्नेछ ।

लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता हुनेछ ।

मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर प्रतियोगितामा आएका हुन । नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोट खेल्न दिइएको हो ।

डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । अफगानिस्तान एक दिवसीय अन्र्तराष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो ।

Share.

About Author

Leave A Reply