पहिरोले बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु

0

असार १७, तेह्रथुम ।
तेह्रथुमको म्याङलुङ नगरपालिका– ५ आमदीममा गएराति (शुक्रबार) पहिरोले बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
घर माथिबाट खसेको पहिरोले घर बगाउँदा ५० वर्षकी कुमारी लिम्बु, कुमारीकी नातीनी १२ वर्षकी प्रिती र नाती ९ बर्षका प्रेम लिम्बुको मृत्यु भएको तेह्रथुम प्रहरीले जनाएको छ ।
पहिरोमा परी ४० वर्षका सोमकुमार लिम्बु, ३५ वर्षका तेजकुमार लिम्बु र १५ वर्षकी पञ्चकुमारी लिम्बु गम्भीर घाईते भएको सशस्त्र प्रहरी बल म्याङलुङ गुल्म जिरीखिम्तीका प्रहरी नायव उपरीक्षक प्रदिपसिह कार्कीले जानकारी दिनुभयो ।
घाइतेको सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् ।
खेतमा लगाउन घर माथिबाट लगेको कुलोको पानी थुनीएर पहिरो बगेको प्रहरीले जनाएको छ ।

Share.

About Author

Leave A Reply