आन्तरिक समस्याले मन्त्रीपरिषद् विस्तारमा ढिलाई

0

असार १७, काठमाण्डौं ।
दोस्रो चरणको निर्वाचन लगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि केही ढिला हुने भएको छ । मन्त्रीपरिषद विस्तारका विषयमा सत्तारुढ दलभित्र छलफल चलेपनि निर्वाचनको मतपरिणाम र मन्त्रीपरिषद विस्तार लगभग सँगै हुने संकेत देखिएको छ ।
सत्तारुढ दलभित्र मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रीपरिषद् विस्तारमा समस्या भईरहेको छ । बिहीबार आफ्नै पार्टीका शिर्ष नेताहरुसँग छलफल गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रमुख सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
आजपनि प्रधानमन्त्री देउवाले आन्तरिक छलफलको तयारी गरेका छन् । निर्वाचन मतपरिणामपछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने देउवाको मनसाय रहेको उनीनिकट स्रोतले जनाएको छ ।
काँग्रेसमा बरिष्ठ नेता रामचन्द्र पौडेलसँग देउवाले उहाँको समूहबाट सरकारमा सहभागी हुने मन्त्रिहरुको नाम मागेको बुझिएको छ ।
कांग्रेस र माओवादी केन्द्रवीचको भागबण्डा अनुसार कांग्रेसले १० र माओवादी केन्द्रले ९ वटा मन्त्रालय राख्ने सहमति भएको छ । कांग्रेसभित्र पौडेल समूहले ४ वटा मन्त्रालय माग गरिरहेको छ । पौडेल समूहलाई ४ मन्त्रालय दिए देउवा समूहको भागमा जम्मा ६ वटा मात्रै मन्त्रालय पर्ने देखिन्छ ।

सत्ता गठबन्धनलाई बलियो बनाउन प्रधानमन्त्री देउवाले साना दलहरुलाई समेत सरकारमा सहभागी गराउने बुझिएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने, सरकार सञ्चालन एवम् दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

Share.

About Author

Leave A Reply