माओवादी स्थानीय तहको निर्वाचन समीक्षा र भावी योजना बनाउँदै

0

साउन २, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनको समिक्षा र भावी योजना बनाउँदैछ ।
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा अपेक्षाकृत जित निकाल्न नसकेको निश्कर्षमा पुगेको माओवादी केन्द्र छलफलमा जुट्न लागेको हो ।
केन्द्रीय सचिवालय सदस्य र जिल्ला इन्चार्जहरु सहभागी हुने गरी बैठक आव्हान भएको छ ।
केन्द्रीय कार्यालय पेरिशडाँडामा सोमबार बिहान ११ बजे बस्ने केन्द्रीय सचिवालयको विस्तारित बैठकमा जिल्ला ईन्चार्जहरुले प्रतिवेदन पेश गर्नेछन् ।
निर्वाचनको समिक्षा र भावी योजनासँगै समसामयिक राजनितिक विषयमा पनि छलफल हुने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।
माओवादीभित्र स्थानीय तहको चुनावी परिणामलाई लिएर निकै ठूलो उथलपुथल भएको छ । निर्वाचन आफ्नो अनुकुल नभएकोमा धेरै ठाउँमा नेताहरु असन्तुष्ट छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने चुनावी नजिता जसको पक्षमा गए पनि एजेन्डामा माओवादीको जित भएको बताउँदै आएका छन ।
स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छन् ।
माओवादीले पहिलो चरणमा ४६ र दोस्रो चरणमा ३८ तहमा मात्र जित प्राप्त गरेको छ ।

Share.

About Author

Leave A Reply