माओवादीको केन्द्रीय सचिवालय वैठक आज सकिदै

0

साउन ७, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको जारी सचिवालय बैठकमा शनिवार अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिँदैछन ।

केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा वस्ने बैठकमा नेता रामबहादुर थापाले धारणा राखेपछि अध्यक्ष दाहालले जवाफ दिनेछन ।

अध्यक्ष दाहालले जिल्ला इन्जार्ज तथा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्न र राखेका जिज्ञाहरुको जवाफ दिन लागेका हुन ।

वैठकमा धारणा राख्ने अधिकांश नेताहरुले संगठन सुदृढिकरण गरेर जानुपर्नेमै जोड दिएका छन् ।

नेताहरुले विगतको गल्तीवाट पाठ सिकेर आउँदा दिनमा सफलता हासिल गर्नेगरी तयारी गर्न नेतृत्वलाई आग्रह पनि गरेका छन् ।

स्थानीय तहको निर्वाचन समीक्षा र भावी रणनीति तय गर्न गएको सोमवारदेखि माओवादी केन्द्रको सचिवालय बैठक चलिरहेको छ ।

Share.

About Author

Leave A Reply