माओबादीमा चुनावी समिक्षा जारी, पार्टी पुनर्निर्माणमा जोड

0

साउन ५, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालयको विस्तारित बैठक चौथो दिन बिहिबार पनि बस्दैछ ।
केन्द्रीय कार्यालय पेरिशडाँडा कोटेश्वरमा बस्ने बैठकमा नेताहरुले स्थानीय तह निर्वाचनको समीक्षा प्रतिबेदन प्रस्तुत गर्नेछन ।
स्थानीय तहको निर्वाचन समीक्षा, भावी चुनावी रणनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा सातवटै प्रदेशका इन्चार्जहरुले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेश गरिसकेका छन् ।
बैठकमा बोल्ने अधिकांश नेताले पार्टीको केन्द्रीय समिति मात्रै अत्यन्त ठूलो तर सङ्गठन कमजोर भएका कारण निर्वाचनमा हार व्यहोरेको बताएका थिए ।
उनीहरुले सङ्गठनलाई चुस्त दुरुस्त बनाउनुपर्नेमा समेत जोड दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसक्नुमा प्रभावकारी रुपमा नेता÷ कार्यकर्ता परिचालन गर्न नसक्नु, आर्थिक स्रोतको अभाव, गुटगत मानसिकता, निर्वाचन तयारीको अभाव, प्रचार/प्रसारमा कमी भएको नेताहरूको भनाइ छ ।
उनीहरुले जम्बो केन्द्रीय समितिलाई सानो आकारमा लैजानुपर्ने नेतृत्वलाई सुझाव दिएका छन् ।

Share.

About Author

Leave A Reply