मलेसिया पनि नेपाली बलरको सिकार हुँदै

0

साउन ३, काठमाडौं ।

आईसीसी यू–१९ विश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपालले मंगलबार आफ्नो दोस्रो खेलमा मलेसियासंग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसियाले १५ ओभरमा ६ विकेटको क्षतिमा ३४ रन बनाएको छ ।

नेपालले मंगलबार पनि धारिलो वलिङ गरिहेको छ ।

किशोर महतोले नेपाललाई पहिलो सफलता दिलाए । दोस्रो र पाँचौ विकेट कप्तान सन्दिप लामिछानेको नाममा रह्यो । पवन सर्राफले दुई विकेट चड्काए । पहिलो ओभर वलिङ गरेका सर्राफले मेडन विकेट झारेका हुन । छैटौं विकेट पनि सर्राफकै नाममा रह्यो ।

सोमबार सिंगापुरसंग धारिलो बलिङ गरेको नेपालले ममंगलबार पनि त्यही लय कायम राखेको हो ।

पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो खेलमा त्यसमा निकै सुधार गर्नु आवश्यक छ ।

नेपाल प्रतियोगितामा लगातार दोस्रो जीतको खोजिमा रहँदा मलेसिया पहिलो जीत निकाल्ने योजनामा छ ।

नेपालले हिजो सिंगापुरलाई ४ विकेटले पराजित गर्दा मलेसिया अफगानिस्तानसंग ८ विकेटले पराजित भएको थियो ।

आजै अर्को खेलमा अफगानिस्तान र सिंगापुरवीच प्रतिस्पर्धा भइरहेको छ ।

नेपाल र सिंगापुरसँगै अफगानिस्तान र मलेसियासम्मिलित प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छानिने छन् ।

डबल राउन्ड रोबिनमा हुने खेलमा नेपालले पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता हुनेछ ।

मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर प्रतियोगितामा आएका हुन । नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोट खेल्न दिइएको हो ।

डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । अफगानिस्तान एक दिवसीय अन्र्तराष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो ।

Share.

About Author

Leave A Reply