मन्त्रीपरिषद विस्तारमा प्रधानमन्त्री देउवालाई सकस

0

साउन ३, काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मंगलबार मन्त्रालय वाँडफाँड गर्ने दावी गरेका छन् ।

सरकार विस्तारका लागि बनेको कार्यदल बैठक बसेर टुंगो लाग्न बाँकी मन्त्रालयमा दलीय भागवन्डा मिलाउने प्रयास गरिदैछ ।

कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रवाट उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महरा र बर्षमान पुन सम्मिलित कार्यदल बैठक बस्दैछ ।

बैठकले मन्त्रालय बाँडफाँड गरेपछि दलका भागमा परेका मन्त्रालयमा पार्टीहरुले मन्त्री टुङ्गो लगाउनेछन् ।

सत्तारुढ कांग्रेस र माओवादी केन्द्र मंगलबार साँझसम्म दलीय भागबण्डा मिलाएर भोली सरकार विस्तार गर्ने कसरतमा छन् ।

यसअघि सोबार कार्यदल सदस्य निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग सरकारविस्तारका बिषयमा छलफल गर्नुभएको थियो ।

सरकार बिस्तारका लागि पार्टीबाट कसलाई सरकारमा पठाउने भन्ने बिषयमा माओवादीले आफ्नो पार्टीमा कुनै समस्या नभएको बताउदै आएको छ ।

कांग्रेसबाट क–कसलाइ मन्त्री बनाउन पठाउने भन्नेमा निकै किचलो भएकाले सरकार विस्तारका लागि लगभग डेढ महिना लागेको टिप्पणी भएका छन् ।

कांग्रेसभित्र सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवालाई ११ मन्त्रालयमध्ये तीन, बरिष्ठ नेता रामचन्द्र पौडेलपक्षलाई चार, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई १–१ मन्त्री बनाउनुपर्ने दवाव छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरमले तत्काल सरकारमा सहभागी नहुने संकेत गरेका छन ।

राप्रपा फुटको संघारमा पुगेको छ । फोरम स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि सरकारमा सहभागी नहुने योजनामा छ ।
राप्रपालाई दिने मन्त्रालय प्रधानमन्त्री देउवासँगै रहनेछन् ।

राप्रपालाई चार र उपेन्द्र यादव नेतृत्वको फोरमलाई तीनवटा मन्त्रालय दिने सत्तारुढ दल कांग्रेस माओवादीको तयारी छ ।

Share.

About Author

Leave A Reply