बुढीगण्डकी आयोजनामा संसदीय समितिको चासो

0

असार १८, काठमाडौं ।
व्यवस्थापिका संसद कृषि तथा जलस्रोत समितिको बैठक पनि बस्दैछ ।
संसद सचिवालय सिंहदरबारमा आइतबार बिहान ११ बजे नै बस्ने बैठकमा बुढिगण्डकी जलविद्युत आयोजना र अन्य विविध विषयमा छलफल हुनेछ ।
१ हजार २ सय मेगावाटको जलविद्युत आयोजनाको निर्माण र मुआब्जा वितरणका विषयमा विवाद देखिदै आएको छ ।
सरकारले कम्पनी ढाँचमा अगाडि बढाउने योजनाका साथ अगाडि सारेको बुढीगण्डकी जलविद्युत् आयोजनालाई चिनियाँ कम्पनीलाई दिने निर्णयसँगै यसको विवाद चुलिएको छ । चिनियाँ कम्पनीलाई दिने निर्णयको विरोध हुँदै आएको छ ।
सरकारले केही समय पहिले बुढीगण्डकी जलविद्युत् आयोजनालाई लगानी, डिजाइन तथा सबै खालका काम समेत गर्ने गरी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गरिएको हो ।

Share.

About Author

Leave A Reply