असार १८, काठमाडौं ।
फिफा कन्फेडेरेशन कप फूटबलको उपाधिका लागि आइतबार राति विश्व विजेता जर्मनी र कोपपा अमेरिका बिजेता चिलीबीच आज प्रतिस्पर्धा हुँदैछ ।
रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा राति पौने १२ हुने एक अर्कोबिरुद्ध उत्रदा दुबै टोली उपाधि उचाल्ने योजनामा हुनेछन ।
चिलीले विश्व विजेता जर्मनीलाई पराजित गरी अर्को बर्ष हुने विश्वकपमा उपाधि दावेदारी प्रस्तुत गर्ने र पछिल्लो तीन वर्षमा तेस्रो उपाधि जित्ने तयारीमा छ ।
चिलीले सन् २०१५ र १६ मा कोपा अमेरिका फुटबलको उपाधि जितेको थियो ।
समूह चरणमा जर्मनी र चिलीले एक एक गोलको बराबरी खेलेका थिए ।
जर्मनी मेक्सिकोलाई ४–१ र चिली पोर्चुगललाई पेनाल्टीमा ३–० गोलले पराजित गरी फाईनलमा पुगेका हुन ।
आईतबार साँझ पौने ६ वजे तेस्रो स्थानको लागि पोर्चुगल र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ ।