फिफा कन्फेडेरेशन कपको उपाधि जर्मनीलाई, चिली १–० पराजित

0

असार, १९ ।
विश्व विजेता जर्मनीले चिलीलाई १–० गोलले पराजित गरी अन्तरमहादेशिय फुटबलको उपाधि जितेको छ ।
रुसको सेन्ट पिटर्सबर्गमा गएराति भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई हराउँदै जर्मनीले पहिलो पटक अन्तरमहादेशिय कनफेडेरेशन कपको उपाधि उचालेको हो ।
२० औं मिनेटमा लार्स स्टिन्डलले गरेको गोल नै जर्मनीको जितमा निर्णायक भयो । चिलीका अटुरो भिडाल र एन्जेलो सागलले प्रहार गरेको बल बार भन्दा माथिबाट गयो ।
दुवै खेलाडीले गोल गर्ने सुन्दर मौका खेर फाले ।
समूह चरणमा जर्मनी र चिलीले एक एक गोलको बराबरी खेलेका थिए ।
जर्मनी मेक्सिकोलाई ४–१ र चिली पोर्चुगललाई पेनाल्टीमा ३–० गोलले पराजित गरी फाईनलमा पुगेका हुन ।
फाइनलअघि तेस्रो स्थानका लागि भएको खेलमा मेक्सिकोलाई २–१ ले हराउँदै पोर्चुगल तेस्रो भयो ।
पोर्चुगलका लागि पेपे र एड्रियन सिल्भाले गोल गरे ।
पोर्चुगलका नेटोले आत्मघाती गोल गरेर मेक्सिकोका लागि एक गोल उपहार दिए ।

Share.

About Author

Leave A Reply