प्रधानन्यायाधीशमा पराजुली अनुमोदित

0

साउन १, काठमाडौं ।

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ ।

समिति सचिवालय सिँहदरवारमा आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको बैठकपछि समितिका सदस्य बालकृष्ण खाँडले जानकारी दिए ।

पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन ।

पराजुलीले समितिमा ३९ वटा योजना पेश गर्दै प्रधानन्यायाधीश बहादुरी देखाउने पद नभएको टिप्पणी गरे ।

बैठकमा पराजुलीले पद्दती र प्रणालीमा काम गर्ने प्रतिवद्धता जनाए ।

सुनुवाईका क्रममा प्रस्तावित प्रधानन्यायाधीश पराजुलीले अदालतमा १५ प्रतिशत नागरिकको पहुँच रहेको भन्दै न्यायमा पहुँच बढाउने योजनासमेत सुनाए ।

संवैधानिक प्रावधान अनुसार सुनुवाई प्रक्रिया पुरा गरेपछि प्रधानन्यायधिशलाई राष्ट्रपतिले नियुक्त गर्नेछन ।

Share.

About Author

Leave A Reply