प्रदेश नम्वर २ का लागि भदौ २१ गते उम्मेदवारी दर्ता

0

साउन ५, काठमाडौं ।

निर्वाचन अयोगले प्रदेश नम्वर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको कार्यक्रम सार्वजनिक गरेको छ ।

असोज २ गते प्रदेश नम्बर दुईमा स्थानीय निर्वाचन गर्ने निर्णय अनुसार ८ जिल्लाका १२७ स्थानीय तहको निर्वाचन गर्नको लागि भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नेगरि निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो ।

असोज २ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

Share.

About Author

Leave A Reply