पुष्पलालको स्मृतिमा एमालेको विविध कार्यक्रम

0

साउन ७, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस, नेकपा एमाले र उसका भातृ संगठनले शनिबार देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुर नगरपालिका, वडा नं ८ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ ।

स्मृति दिवसको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस व्यक्तव्य निकाली पुष्पलालको सिंगो राजनीतिक जीवन सबैका लागि प्रेरणादायी भएको उल्लेख गरेका छन ।

पुष्पलालले विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा वसेर नेकपा स्थापना गर्नुभएको थियो ।

विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिएका पुष्पलाल सहिद गङ्गालालका भाइ हुन ।

नेपालमा साम्यवादी विचारको प्रचार गर्नका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

Share.

About Author

Leave A Reply