पुनर्निर्माण प्राधिकरणको बार्षिक योजना र बजेट पारित

0

असार २८, काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आर्थिक वर्ष २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बुधबार बसेको प्राधिकरणको निर्देशक समिति बैठकले भूकम्पले भत्किएका संरचना पुनःनिर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो ।
बैठकमा सहभागी समिति उपाध्यक्ष एवम् नेकपा एमालेका नेता भीम रावलले प्राधिकरणको कार्यप्रगति सुस्त रहेको आरोप लगाए ।
निर्माणाधिन घरको सङ्ख्या एक लाख १० हजार रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए ।
३१ जिल्ला हेर्ने गरी बनेको सङ्घठन संरचना पनि बैठकले पारित गरेको छ ।
निर्देशक समितिले प्रस्ताव पारित गरेपछि कार्यान्वयन गर्ने व्यवस्था पुनर्निर्माणसम्बन्धि ऐन र नियमावलीमा छ ।
प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लाबाट केन्द्रमा दर्ता भएका सबै गुनासो फछ्र्यौट गरिसकेको छ ।
३१ जिल्लाका प्रारम्भिक सर्वेक्षणबाट लाभग्राहीको सूचीमा सिफारिस भएकाको सङ्ख्या सात लाख ६१ हजार ५ सय ३२ पुगेको छ ।

Share.

About Author

Leave A Reply