पराजुलीले प्रधानन्यायधिसको कार्यभार सम्हाल्दै

0

साउन २, काठमाडौं ।
प्रधानन्यायधिशका लागि संसदीय सुनुवाइवाट सर्वसम्मत अनुमोदन भएका गोपालप्रसाद पराजुलीले शपथ लिंदै छन ।

पराजुलीले सोमबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लगत्तै सर्वोच्चमा पदवहाली गर्ने कार्यक्रम छ ।

संसदीय सुनुवाइ विशेष समितिले कायममुकायम प्रधानन्याधीश पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तीका लागि आइतबार सर्वसम्मत अनुमोदन गरेको हो ।

सुनुवाईअघि पराजुलीले न्यायपालिका सुधारका लागि ३९ बुँदे योजना प्रस्तुत गर्नुभएको थियो ।

असार दोस्रो हप्ता संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

तत्कालिन प्रधानन्यायधिश शुशिला कार्कीले गएको जेष्ठ २४ मा उमेर हदका कारण अनिवार्य अवशकाश पाएपछि पद रिक्त थियो ।

कार्की निवृत्त हुँदा अर्को प्रधानन्यायधीशका लागि संविधानमा तोकिएको योग्यता तीन बर्ष सेवा अवधि पुगेका न्यायधीश नभएका कारण झण्डै एक महिनापछि मात्रै नयाँ नियुक्तीका लागि सिफारिस भएको हो ।

२६ बर्ष न्यायधीशका रुपमा काम गरेका पराजुलीले उमेरहदका कारण आउँदो बैशाखमा अवकास पाउँदै हुनुहुन्छ ।

Share.

About Author

Leave A Reply