निर्वाचन समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति वैठक वस्दै

0

साउन ७, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिवार शुरु हुँदैछ ।

केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको प्राप्त मतपरिणम र स्थानको समीक्षा, आउँदो निर्वाचन तयारी, सरकार बिस्तार, पार्टी सुदृढीकरणलगायत बिषयमा छलफल हुनेछ ।

वैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीलाई एकढिक्का बनाएर लैजान नेतृत्वलाई दवाव दिने पनि बुझिएको छ ।

कांग्रेसको १३ औँ महाधिवेशनबाट शेरवहादुर देउवाले नेतृत्व सम्हालेसँगै पार्टीलाई एक बनाएर लैजान नसकेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आलोचना गर्दै आएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको संगठन बिस्तारदेखि सरकार बिस्तारसम्मकै कार्यशैली सुस्त भएको टिप्पणी भइरहेको छ ।

बैठकमा सरकार बिस्तारका बिषयमा पनि गम्भिर छलफल गर्ने तयारी गरेको केन्द्रिय सदस्य रमेश रिजालले जानकारी दिए ।

वरिष्ठ नेता पौडेललगायतका नेताहरूले मन्त्रिपरिषद् बिस्तार, दुई नम्बर क्षेत्रको स्थानीय तहको निर्वाचनको तयारी र ६ वटा प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गर्दै आएका थिए ।

Share.

About Author

Leave A Reply