निर्वाचन क्षेत्र निर्धारण आयोग गठन, मूख्यसचिवको राजिनामा स्वीकृत

0

साउन ५, काठमाडौं ।

सरकारले २१ दिनभित्र काम सम्पन्न गर्ने गरी निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा बिहीबार बसेको बसेको मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमलनारायण दासको अध्यक्षतामा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगमा माधव अधिकारी, विश्वकल्याण पराजुली, योगेन्द्र शर्मा पौडेल सदस्य र गणेशराज कार्की सदस्य सचिव छन ।

प्रदेश र संघीय संसदको चुनावका लागि क्षेत्र निर्धारण गर्नुपर्ने संवैधानिक प्रावधान रहेकाले त्यसै अनुसार आयोग गठन गरेको सरकारका प्रवक्ता अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले मधेसमा आन्दोलनरत दलहरुको माग ३ दिनभित्र संबोधन गर्ने समझदारी गरेको मन्त्री कार्कीले बताए ।

त्यस्तै वातावरणीय प्रभाव मुल्याङ्कन दोस्रो संशोधन विधेयक पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद बैठकले मुख्यसचिव सोमलाल सुवेदीको राजिनामा पनि स्वीकृत गरेको छ ।

Share.

About Author

Leave A Reply