नारायणगढ–मुग्लिन खण्डमा पटक–पटकको पहिरोले यात्रुलाई सास्ती

0

असार १७, काठमाण्डौं ।
पटक–पटक पहिरोले अवरुद्ध हुन थालेपछि नारायणगढ–मुग्लिन सडकका यात्रुले सास्ती व्यहोुर्न परेको छ ।
राजधानी भित्रिने र बाहिरिने मूख्य सडकका रुपमा रहेको नारायणगढ–मुग्लिन खण्डमा स्तरोन्नती कार्य भईरहेको छ ।
निर्माण कार्य समयमा नसकिदा पहिरो जाने क्रम रोकिएको छैन । गएको एक हप्तायता १० भन्दा धेरै पटक बाटो अवरुद्ध भएको छ ।
शुक्रबार मात्रै दुई पटक पहिरो खसेपछि अवरुद्ध सडक २५ घण्टादेखि संचालनमा आएको छैन । काडमाण्डौं भित्रिने यात्रुबसलाई कालीखोलाबाट नाराणयढतर्फ नै फकाईएको ट्राफिक प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
सडकमा अहिले यात्रुबस थोरै भएपनि सडकको दुवैतर्फ गरि ५÷६ सय ट्रक रोकिएका प्रहरी निरीक्षक पन्तले जनाए । पहिरो पन्छाउने काम बिहानैबाट शुरु भएको जनाउँदै प्रहरी निरीक्षक पन्तले यातायात संचालनमा ल्याउन समय लाग्ने बताए ।
प्रहरीले राजधानी भित्रिने र बाहिरीने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । पश्चिमतर्फ आउजाउ गर्नेलाई बुटवल–पाल्पा–पोखरा हुँदै र पूर्वतर्फ आउजाउ गर्नेलाई मकवानपुरको बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
सम्झौता हुँदाको मितिअनुसार सन् २०१७ को अप्रिलसम्म ठेकेदार कम्पनीले सडक निर्माण गरी हस्तान्तरण गर्नुपर्नेमा हालसम्म ५० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।
भूकम्प, नाकाबन्दी लगायतका कारण देखाएर निर्माण कम्पनीले समय मागेबमोजिम आउँदो डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने समय थप गरिएको छ ।
विश्व बैंकको दुई अर्ब ९० करोड आर्थिक सहयोगमा सडक विस्तार भईरहेको छ ।
सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारीसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ ।
सडकलाई तीन भागमा विभाजन गरेर तीन ठेकेदार कम्पनीलाई ठेक्का दिइएको छ । पहिलो खण्ड ५० प्रतिशत, दोस्रो खण्ड ५६ दशमलव पाँच प्रतिशत र तेस्रो खण्ड ४७ दशमलव तीन प्रतिशत काम सम्पन्न भएको छ ।

Share.

About Author

Leave A Reply