तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने प्रधानमन्त्रीको आश्वासन

0

साउन १, काठमाडौं ।

सरकारले १५ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरवारमा आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले यहि साउन १५ भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुने आश्वासन दिए ।

छलफलमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवसहितका आयुक्तहरुले ऐन कानुन निर्माणमा भएको ढिलाईले संघ र प्रदेशसभाको निर्वाचन प्रभावित हुन सक्ने भन्दै प्रधानमन्त्री देउवा र तथा गृहमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराएका थिए ।

छलफलपछि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सरकारले प्रदेश र संघको चुनावका लागि आवश्यक कनुन छिटै दिनेमा आयोग विश्वस्त भएको बताए ।

यादवले आवश्यक कानुनका लागि संसदमा विधेयक टेवल भएको र फास्ट ट्रयाकबाट पारित गरेर भए पनि बाटो खोलिने आश्वसन पाएको जानकारी दिए ।

गृहमन्त्री जनार्दन शर्माले छलफलमा आयोगका पदाधिकारीले क्षेत्र निर्धारण आयोग गठनमा भएको ढिलाईप्रति विशेष चासो राखेको भन्दै सरकारले साउन १५ भित्र आयोग गठन गर्ने तयारी गरेको बताए ।

Share.

About Author

Leave A Reply