चुडामणि शर्माको मुुद्दा अघि नबढाउन विशेषलाई सर्वोच्चको आदेश

0

साउन ४, काठमाडौं ।
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माविरूद्ध दायर मुद्दा तत्काललाई अगाडि नबढाउन आदेश दिएको छ ।

शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशले विशेष अदालतमा दायर भएको मुद्दा तत्काललाई यथास्थितिमा राख्न भनेको हो ।

इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालाई पूर्ण इजलाशमा पठाउने निर्णय पनि गरेको छ ।

कर फर्छ्योट आयोग प्रशासनिक वा अर्धन्यायिक कस्तो निकाय हो भन्ने जटिल कानुनी प्रश्न उठेकाले मुद्दालाई पूर्ण इजलाशमा पठाउनु परेको बुधबारको आदेशमा उल्लेख छ ।

पूर्णइजलाशको आदेश नआएसम्म विशेष अदालतमा दायर मुद्दा यथास्थितिमा राख्ने आदेश न्यायाधीशद्वयको इजलाशले दिएको हो ।
शर्माविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन ।

Share.

About Author

Leave A Reply