क्षेत्र निर्धारण आयोगले प्रमुख दलका शिर्ष नेतासँग छलफल गर्दै

0

साउन १५, काठमाण्डौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्दैछ । आयोगको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्ने बैठकमा आयोगको आन्तरिक कामबारे छलफल हुनेछ ।

छलफलमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरुको सहभागिता रहनेछ । गएको बुधवार देखि काम थालेको आयोगले राजनिति दल, विषयगत विज्ञ र सर्वसाधरणसँगको सुझावको आधारमा काम गर्दा प्रभावकारी हुने भन्दै आज राजनीतिक दलसँगको छलफल तय गरेको सदस्य सचिव बेगेन्द्र पौडेलले जानकारी दिए ।

आयोगले काम कसरी अगाडी बढाउने भन्ने बिषयमा राय सुझाव दिन यसअघि नै सवैलाई आह्वान पनि गरेको थियो । आयोगले संविधान बमोजिम १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्नेछ । अहिले देशभर २ सय ४० विर्नाचन क्षेत्र छन् । यसैगरी, एक संघीय निर्वाचन क्षेत्रमा दुई प्रादेशिक निर्वाचन क्षेत्रसमेत आयोगले निर्धारण गर्नेछ ।

२१ दिनको समयसीमा पाएको आयोगले प्रदेश र केन्द्र गरी ४ सय ९५ निर्वाचन क्षेत्र निर्धारण गर्नेछ ।

Share.

About Author

Leave A Reply