केन्द्रीय समिति छलेर मन्त्रिपरिषद विस्तार गर्ने देउवाको तयारी

0

साउन ९, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको डेढ महिनापछि मन्त्रिपरिषद मन्त्रीपरिषद विस्तार गर्ने तयारी भएको छ ।

मन्त्रिपरिषद बिस्तारबारे प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदैछ ।

आइतबार मात्रै माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सोमबारसम्म सरकार विस्तार गर्न दबाब दिनुभएको थियो ।

सरकार विस्तारमा भएको ढिलाईले लाजैमर्दाे भएको भन्दै दाहालले तत्काल त्यसमा ध्यान दिन देउवालाई आग्रह गरेका थिए ।

यसअघि पनि पटकपटक मन्त्रीपरिषद् विस्तारको तयारी गरे पनि सत्तारुढ दलभित्रैको समस्याले विस्तार हुन सकेको छैन ।

प्रधानमन्त्रीको आग्रहका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको माओवादीले बताएको छ ।

माओवादीका मात्र समावेश गरेर भए पनि विस्तार गरौँ भन्दा प्रधानमन्त्रीले पहिला निर्वाचनपछि र अहिले कांग्रेसको केन्द्रीय समिति बैठकपछि भन्ने गरेको अध्यक्ष दाहालले बताए ।

आइतबार नै बैठक सकेर सोमबार सरकार विस्तार गर्ने बताएको काँग्रेसको बैठक नसकिएकाले मन्त्रीपरिषद् विस्तार हुने ÷ नहुने अन्योल छ ।

कांग्रेसभित्र पनि मन्त्री हुने आकांक्षीहरु धेरै देखिएका छन् ।

कांग्रेसभित्रको समस्याले सरकार विस्तारमा ढिलाई भएको माओवादीले आरोप लगाउँदै आएको छ ।

माओवादीबाट गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री, महेन्द्रबहादुर शाही उर्जामन्त्री, श्यामकुमार श्रेष्ठ सामान्य प्रशासन मन्त्री, टेकबहादुर बस्नेत कृषि मन्त्री, आशा खनाल महिला बालबालिका तथा समाज कल्याण मन्त्री, शिवकुमार मण्डल आपूर्ति मन्त्री हुने चर्चा छ । मन्त्रीको सूचिमा रहेकी सीता नेपालीको भने मन्त्रालय छुट्याइएको छैन ।

३ मन्त्री बनाइसकेको र बाँकी १० मन्त्रालयमा दुई दर्जनभन्दा बढी आकांक्षी भएपछि कांग्रेसमा समस्या चुलिएको हो ।

कांग्रेस केन्द्रीय समिति वैठक जारी

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तेस्रो दिन सोमबार पनि बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपा ललितपुरमा वस्ने बैठकमा वोल्न बाँकी नेताहरुले चुनावी समीक्षा र भावी रणनीतिका सम्बन्धमा धारणा बोल्नेछन् ।

बैठकमा नेताहरुले गुटगत रुपमा बहस गरिरहेका छन् ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीले प्राप्त गरेको सिटलाई लिएर कांग्रेसभित्र गुटगत बहस भएको हो ।

मन्त्री हुने चर्चामा रहेकाहरुले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरवहादुर देउवाको खासै आलोचना नगरेको बुझिएको छ ।

दुई चरणको निर्वाचनमा हार्नुको खास कारण र तेस्रो चरणका लागि सुझावभन्दा पनि आफ्नो पक्षलाई बचाउने र अर्काे पक्षको गल्ती देखाउने काम सोमबार बैठकमा पनि निरन्तर रहेको बुझिएको छ ।

केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सभापति देउवाले जवाफ दिने कार्यक्रम कांग्रेस सचिवालयले जनाएको छ ।

कांग्रेसले बैठक सोमबार सक्ने तयारी गरेको छ ।

Share.

About Author

Leave A Reply