साउन १, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको अवस्था महानगर भन्न पनि लाज लाग्ने रहेको बताएका छन ।
उनले आवश्यक परे थप बजेट दिन तयार रहेको भन्दै सडकका खाल्डाहरु तत्काल पुर्न निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायत सरोकारवाला मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका हुन ।
राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयालको ढलले बगाएर मृत्यु र सामखुशीमा सत्या सापकोटाको ढलले बगाउँदा उद्दार गरिएकोतर्फ ध्यानाकर्षण गर्दै प्रधानमन्त्री देउवाले समस्या नदोहोरिने गरी समाधान गर्न निर्देश गरेको शहरी विकास मन्त्री प्रभु शाहले जानकारी दिए ।
प्रधानमन्त्रीले काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव समेत तयार गर्न पनि निर्देशन दिए ।