कांग्रेस दुई नम्वर प्रदेशको चुनावी रणनीति वनाउँदै

0

साउन ५, काठमाडौं ।

नेपाली कांग्रेसले प्रदेश नम्वर २ को निर्वाचनमा सशक्त रुपमा प्रस्तुत हुने तयारी स्वरुप छलफल गर्दैछ ।
राजधानीमा बिहिबार सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाले पार्टीका नेता, केन्द्रीय पदाधिकारी, प्रदेश नम्वर २ का केन्द्रीय सदस्य र जिल्ला सभापतिसँग असोज २ गतेका लागि तय निर्वाचनमा पहिलो हुने गरी रणनीति बनाउन भन्दै बैठक आयोजना गरेका हुन ।
बैठकमा सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति पनि सहभागि हुदैछन् ।
आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई पनि सहभागि गराउन भन्दै प्रदेश नम्वर २ को निर्वाचन तेस्रो चरणमा असोज २ गतेका लागि तय गरिएको छ ।

Share.

About Author

Leave A Reply