एमालेले २४० क्षेत्र नमान्ने, मधेसका दलसंग आफैं वार्ता गर्ने

1

साउन १, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले राखेको २ सय ४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी समिति बैठकले २४० निर्वाचन क्षेत्रको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।

संविधानअनुसार नै १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेले जोड दिएको छ । तत्काल आयोग गठन गरी निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।

एमालेले मधेसवादी दलहरुसँगको वार्ता जारी राख्ने निर्णय गरेको छ ।

एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेले स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षणा दिने भएको छ ।

६ प्रदेशकै जनप्रतिनिधिहरुलाई यहि साउन भित्र प्रशिक्षण दिने निर्णय गरेको हो ।

एमाले स्थायी समिति बैठकले प्रदेश र संघको निर्वाचनका लागि आइतबार शुरु गरिएको मतदाता संकलनको काममा सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

उपेन्द्र र बाबुरामले पनि नमान्ने
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले २४० निर्वाचन क्षेत्र स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले संयुक्त वक्तव्य जारी गरी संघीय संसदभन्दा पहिला प्रदेशको चुनाव गर्न पनि माग गरेका छन् ।
२४० कायम राख्दा संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकूल असर गर्ने भन्दै दुई नेताले वक्तव्य मार्फत राज्य पुनर्संरचनाको कुनै पनि बहस हुँदा आन्दोलनका उपलब्धिहरुबाट पछि हट्न नपाइने उल्लेख गरेका छन् ।

Share.

About Author

1 Comment

Leave A Reply