एमालेले १४ जिल्लाको उम्मेदवारी टुङ्ग्यायो

0

साउन १५, काठमाण्डौं । नेकपा एमालेले १४ जिल्लामा जिल्ला समन्वय परिषद्का लागि प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।

आज (आइतबार) बिहान अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास भक्तपुरको बालकोटमा बसेको स्थायी समिति बैठकले जिल्ला तथा प्रदेश समितिको सिफारिस र रायसुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको हो ।

एमालेले रामेछाप, रसुवा, मकवानपुर, भक्तपुर, डोल्पा, सल्यान, कालिकोट, जाजरकोट, हुम्ला, सुर्खेत, मुगु, खोटाङ, इलाम र बझाङ जिल्लाका उम्मेदवारको टुङ्गो लगाएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

यस्तै, काभ्रे जिल्लाबाट सिफारिस भएका नामध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउन प्रदेश नम्बरका ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ ।

बाँकी जिल्लाको उम्मेदवारी टुंगो लगाउन तथा राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल एमालेको स्थायी समिति बैठक भोली बिहान ११ बजे फेरि बस्ने भएको छ ।

Share.

About Author

Leave A Reply