एमालेले निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउने

0

साउन, २ काठमाण्डौं ।
नेकपा एमालेले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदैछ ।
स्थायी समिति सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वको प्रतिनिधी मण्डलले दिउँसो एक बजे आयोगलाई ज्ञापनपत्र बुझाउन लागेको हो ।
मतदाता नामावली संकलनमा देखा परेका कठिनाइ लगायतका विषयमा आयोगको ध्यानाकर्षण गराउने कार्यक्रम रहेको प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
एमालेले सरकारलाई निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न समेत दबाब दिदै आएको छ । यसविषयमा मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगबीच पनि छलफल भएको थियो ।
निर्वाचन आयोगले हिजोबाट १५ दिनको समयसीमा राखेर प्रदेश र संघको निर्वाचनका लागि मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न शुरु गरेको छ ।
आयोगले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमै गएर नाम दर्ता गराउनुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउन दलहरुले माग गरेका छन् । दलहरुले सम्बन्धित स्थानीय तहबाटै नामावली संकलनको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

Share.

About Author

Leave A Reply