उत्कृष्ट बलिङ मद्दतमा आईसीसी यू १९ क्रिकेटमा नेपालको लगातार दोस्रो जीत

0

साउन ३, काठमाडौं ।

आइसीसी अन्डर–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ ।

सिंगापुर क्रिकेट क्लब, पादाङमा ५९ रनको लक्ष्य नेपालले ९ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो ।

टिमको स्कोर ८ रन हुँदा ओपनर सन्दिप सुनार मात्र ६ रनमा आउट भए ।

आदिल खान ५ रनमै आउट भए ।

आसिफ शेखले भने आक्रामक पारी खेल्ने प्रयास गरे । शेखले २० बलमा ५ चौकाको मद्दतमा २३ रन बनाए ।

भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी सस्तैमा आउट भए । उनले ४ रन मात्रै जोडे ।

प्रनित थापामगर अविजित १९ र रोहित कुमार पौडेल ४ रनमा अविजित रहे ।

टस हारेर पहिले व्याटिङ गरेको मलेसिया २२ दशमल ५ ओभरमा ५८ रन बनाउँदासम्म मात्र क्रिजमा टिक्न सक्यो ।

मलेसियाका कुनै पनि ब्याटसम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । तीन जना शून्य रनमा आउट भए ।

८ दशमलव ५ ओभर बलिङ गरेका लामिछानेले ५ विकेट लिन १७ रन खर्चिए र एक मेडन राखे ।

पवन सर्राफले ३, सन्दिप सुनार र राजेश महतोले १÷१ विकेट लिए ।

मंगलबार नै भएको अर्को खेलमा लगातार दोस्रो जीत निकाल्ने क्रममा अफगानिस्तानले सिंगापुरलाई ७ विकेटले पराजित ग¥यो ।

९३ रनको लक्ष्य अफगानिस्तानले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो ।

टस जितेर पहिले व्याटिङ गरेको सिंगारपुरले २६ दशमलव एक ओभरमा ९२ रन बनाउँदा अल आउट भयो ।

अफगानिस्तानले सोमबार मलेसियालाई ८ विकेटले हराएको थियो ।

नेपाल र सिंगापुरसँगै अफगानिस्तान र मलेसियासम्मिलित प्रतियोगिताको विजेता अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छानिने छन् ।

डबल राउन्ड रोबिनमा हुने खेलमा नेपालले पर्सि अफगानिस्तानसँग खेल्नेछ ।

लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता हुनेछ ।

मलेसिया र सिंगापुर एसियाली छनोट पार गरेर प्रतियोगितामा आएका हुन । नेपाल र अफगानिस्तानलाई सिधै विश्वकप छनोट खेल्न दिइएको हो ।

डेढ वर्षअघि बंगलादेशमा भएको यू–१९ विश्वकपमा नेपाल क्वाटरफाइनलसम्म पुगेको थियो । अफगानिस्तान एक दिवसीय अन्र्तराष्ट्रिय मान्यताप्राप्त राष्ट्र हो ।

Share.

About Author

Leave A Reply