आदिबासी जनजाति चलचित्र महोत्सव हुँदै

0

असार १७, काठमाण्डौं ।
आदिबासी जनजाति चलचित्र महोत्सव २०७४ शुरु हुँदैछ ।
नेपाल पर्यटन बोर्डको हल भृकुटीमण्डप आज विहान ११ बजे विभिन्न जातिय झाँकीको प्रस्तुतिसहित शुरु हुने महोत्सबको सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गर्नेछिन् ।

पर्सीसम्म चल्ने महोत्सवमा आदिबासी जनजाति चलचित्र महासंघ अन्तरगत रहेका जातिय संस्थाहरुबाट छनौट भएका आदिवासी जनजाती चलचित्र, वृत्तचित्र, र छोटा चलचित्र गरी १८ वटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
महोत्सवमा सहभागिता जनाउने सवै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप प्रति चलचित्र ५ हजार नगद प्रदान गरिनेछ ।
साथै पव्लिक च्वाईस अवार्ड पाउनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने महासंघका अध्यक्ष अमृत सुनुवारले जानकारी दिए ।
महोत्सवमा चलचित्र हेर्नका लागि प्रति चलचित्र एक सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।

Share.

About Author

Leave A Reply