शेयर दलालको आन्दोलन टुङ्गियो

0

असार १८, काठमाडौं ।

मूल्य अभिवृद्धि कर लगाइएको विरोधमा सेयर कारोबार नै बन्द गरेको नेपाल धितोपत्र दलाल व्यवसायी सङ्घले आइतबार कारोबारमा फर्कने भएको छ ।

अर्थ मन्त्रालयले करका विषयमा आवश्यक निर्णय गर्ने जनाउ दिएपछि सङ्घ कारोबार गर्न सहमत भएको हो ।

महालेखा परीक्षकको कार्यालयले सेयर कारोबार गर्दा लाग्ने मूल्य अभिवृद्धि कर नतिरेको भन्दै बेरुजुमा राखेपछि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई कर उठाउन निर्देशन दिएको थियो ।

अर्थको निर्देशनपछि आन्तरिक राजस्व कार्यालयले सङ्घलाई तत्काल कर तिर्न आग्रह गर्दै निर्देशन दिएको थियो ।

सङ्घले कर तिर्न आफूहरू तयार रहेको जनाउँदै त्यसको प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै आएको छ ।

अर्थ मन्त्रालयसँगको छलफलपछि सङ्घले आजदेखि सेयर बजार नियमित गर्न तयार रहेको जनाएको छ ।

समस्या समाधानका लागि पटकपटक नेपाल स्टक एक्चेन्ज, नेपाल धितोपत्र बोर्ड तथा आन्तरिक राजस्व विभागबीच छलफल भएको थियो ।

Share.

About Author

Leave A Reply