अब सात तहको नतिजा बाँकी, ४ मा एमाले ३ मा कांग्रेस अगाडि

0

असार २३, काठमाडौं ।

यहि असार १४ गते दोस्रो चरणमा स्थानीय निर्वाचन भएका ३३४ तह मध्य ३२७ तहको नतिजा सार्वजनिक भएको छ ।

अब ७ तहको परिणाम आउन बाँकी छ ।

७ तहमा नेकपा एमाले ४ र नेपाली कांग्रेस ३ स्थानमा अघि छ ।

एमाले सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिका तथा मोरङको धनपालधाप गाउँपालिकामा अगाडि छ ।

यसैगरी कांग्रेस मोरङको विराटनगर महानगरपालिका, कैलालीको धनगढि उपमहानगरपालिका र झापाको मेचीनगरपालिकामा अघि छ ।

एमालेले १४८ तह जितेर पहिलो हुँदा कांग्रेस ११८ तह जितेर दोस्रोमा छ ।

नेकपा माओवादी केन्द्र ३८ सिट सहित तेस्रोमा यथावत छ ।

Share.

About Author

Leave A Reply