अब धरानको मात्रै अन्तिम परिणाम आउन बाँकी

0

असार २६, काठमाडौं ।
दोस्रो चरणमा निर्वाचन भएका तीन सय ३४ स्थानीय तहमध्ये अब सुनसरीको धरान उपमहानगरपालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।
आज दिउँसोसम्म अन्तिम परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
धरानमा नेकपा एमालेको अग्रता कायमै छ ।
एमालेका मेयर उम्मेदवार तारा सुब्बा १४ हजार ७ सय २० मतका अघि छन । कांग्रेसका तिलक राई ११ हजार ६ सय २० मतसहित दोस्रो स्थानमा छन ।
उपमेयरमा पनि एमालेकी मन्जु भण्डारीले १४ हजार ९ सय ६४ मत ल्याएर अग्रता लिईरहँदा कांग्रेसका श्यामा रेग्मीले ११ हजार ७ सय ५३ मत ल्याएर पछ्याइरहेकी छिन ।
झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी भएको छ ।
मेयरमा एमालेका हरिकुमार राना र उपमेयरमा एमालेकै कमला आचार्य विजयी भएका हुन ।
कञ्चनपुरको पुनर्वास नगरपालिका पनि एमालेले मेयर÷उपमेयर दुबै जितेको छ ।
योसँगै दोस्रो चरण निर्वाचनमा एमालेले एक सय ५० तहमा जितेको छ ।
दोस्रोमा रहेको नेपाली काँग्रेसले १ सय २२ तह जितेको छ भने माओवादी केन्द्र ३८ तहमा सीमित भएको छ ।
एकमात्र महानगर विराटनगरमा काँग्रेसले बाजी मारेको छ भने ७ उपमहानरमध्ये एमालेले ४ वटा एमालेले जितिसकेको छ ।

 

एकमा काँग्रेस र एकमा राप्रपाले जितेका छन् ।
असार १४ गते प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा रहेका तीन सय ३४ स्थानीय तहमा निर्वाचन भएको थियो ।

Share.

About Author

Leave A Reply