६६ तहको नतिजा सार्वजनिक, एमाले–काँग्रेसबीच कडा प्रतिष्पर्धा

0

असार १७, काठमाडौं ।
स्थानीय तह दोस्रो चरण निर्वाचनको अहिलेसम्म ६६ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

प्रदेश नम्वर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा गएको बुधबार सम्पन्न मतदानको जारी मतगणनामा नेकपा एमाले २८, नेपाली कांग्रेस २६ र नेकपा माओवादी केन्द्र १२ स्थानीय तहमा बिजयी भएका छन् ।
नेकपा एमालेले धनकुटाको पाख्रीबास नगरपालिका, डोटीको पुर्वीचौकी गाउँपालिका, इलामको सन्दकपुर गाउँपालिका गुल्मीको रेसुंगा नगरपालिका, तेह्रथुमको मेन्छ्यायम गाउँपालिका भोजपुरको हतुवागढी गाउँपालिका ,पाल्पाको पूर्वखोला गाउँपालिका ,पाँचथरको हिलिहाङ गाउँपालिकामा जितेको छ ।
यसैगरी खोटाङको लामिडाँडा गाउँपालिका , पाल्पाको तिनाउ गाउँपालिका , दार्चुलाको अपि हिमाल गाउँपालिका , दार्चुलाको लेकम गाउँपालिका, बझाङको तल्कोट गाउँपालिका , उदयपुरको ताप्ली गाउँपालिका, नवलपरासीको सुस्ता गाउँपालिका, बझाङको दुर्गाथली गाउँपालिका, धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिका, ताप्लेजुङ मैवाखोला गाउँपालिका,बझाङको थलारा गाउँपालिका ,भोजपुरको रामप्रसाद राई , डढेलधुराको अमरगढी नगरपालिका,बाजुराको गहुमुल गाउँपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, खोटाङको जन्तेढुंगा गाउँपालिका बझाङको मस्टा गाउँपालिका , बाजुराको पाण्डवगुफा गाउँपालिका र गुल्मीको रेसुंगा नगरपालिका प्रमुख जितेको छ ।
नेपाली कांग्रेसले डोटीको बड्डिकेदार गाउँपालिका, दाङको राजपुर गाउँपालिका , बैतडीको दशरथचन्द नगरपालिका, ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका बैतडीको सुर्नया गाउँपालिका,भोजपुरको भोजपुर नगरपालिका, पाँचथरको तुम्देवा गाउँपालिका, ताप्लेजुङको मेरिङ्देन गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका नवलपरासीको प्रतापपुर गाउँपालिकामा, डडेलधुराको गन्यापधुरा गाउँपालिका, खोटाङको ऐंसेलुखर्क गाउँपालिकामा जितेको छ ।
यस्तै बाजुराको हिमाली गाउँपालिका, डोटीको डाक्टर केआई सिंह गाउँपालिका, डडेलधुराको आलिताल गाउँपालिका डडेलधुराको भागेश्वर गाउँपालिका, गुल्मीको गुल्मीदरबार गाउँपालिका ,दार्चुला महाकाली नगरपालिका बाजुराको बडिमालिका नगरपालिका संखुवासभाको चिचिला गाउँपालिका, संखुवासभाको सिलिचुङ गाउँपालिर्का, बझाङको काँडा गाउँपालिका र बाजुराको छेडेदह गाउँपालिकाको प्रमुख पद जितेको छ ।
नेकपा माओवादी केन्द्रले रोल्पाको थवाङ गाउँपालिका डोटीको बागटान गाउँपालिका, डडेलधुराको अजयमेरु गाउँपालिका, रुकुमको सिस्ने गाउँपालिका, भूमे गाउँपालिका, पुथा उत्तरगंगा गाउँपालिका, दाङको बंगलामुखी गाउँपालिका, सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा र सोलुखुम्बुको लिखुपिके गाउँपालिको अध्यक्षमा जित हासील गरेको छ ।
बाँकेको नरैनापुर गाउँपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमले जीतेको छ ।

Share.

About Author

Leave A Reply