अंगीकृत देशको कार्यकारी हुन सक्दैननः ठाकुर

0

साउन १, बीरगञ्ज ।
राष्ट्रिय जनता पार्टी नेपाल राजपाका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा पार्टी नरहेको स्पष्ट गरेका छन ।

पर्साको वीरगन्जमा आइतबार भएको कार्यक्रममा उनले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा रहेको बताए ।

वैवाहिक अंगीकृत नागरिकता रहेकी महिलाले श्रीमानसरह अधिकार पाउनुपर्ने ठाकुरको जोड छ ।

नेता ठाकुरले मोर्चासँग भएको सहमतिलाई सरकारले पूरा गरे स्थानीय तह निर्वाचनमा सहभागी हुन तयार रहेको दोहो¥याउँदै निर्वाचनमा सहभागी हुने वातावरण बनाईदिन आग्रह गरे ।

Share.

About Author

Leave A Reply